विश्वको सुस्तता माझ चिनियाँ अर्थतन्त्रले स्थायित्व कायम गर्ने

विश्वको सुस्तता माझ चिनियाँ अर्थतन्त्रले स्थायित्व कायम गर्ने


काठमाडौ सन् २०१९मा संरचनागत सुधार ,चक्रीय प्रभाव र बाह्य कारणहरूले चिनियाँ अर्थतन्त्र अझ सुस्त रहेपनि सन् २०२०मा ६ प्रतिशतको मध्यम उच्च बृद्धि दर कायम रहने विज्ञहरूले प्रक्षेपण गरेका छन् ।
चीन र अमेरिकबीचको व्यापार युद्धमा पहिलो चरणको सम्झौता हुन सके यो लक्ष्य सहजै प्राप्त हुन सक्ने देखिएको छ ।

अर्को वर्ष पनि निर्यात कमजोर रहने देखिएको छ । पहिलो कारण विश्वको अर्थतन्त्र विद्यमानको बृद्धिको चरण प्रभावित भएको छ । दोस्रो विश्व व्यापार संगठनमा गरिने सुधारको अवस्था अझ अस्पस्ट देखिएको छ । बहुपक्षीय व्यापार नियमहरूले चुनौती थपिरहेको छ ।

तेस्रो अमेरिकाले २खर्ब ५० अर्ब बराबरको चिनियाँ उत्पादनमा अमेरिकाले लगाएका अतिरिक्त भन्सार महशुलले नकारात्मक अवस्था सिर्जना गररेको छ । यो अवस्थाको प्रभाव सन् २०२०को पहिलो अर्धवार्षिकसम्म रहन सक्ने देखिएको छ । चीन र अमेरिकाबीच सन् २०२०को दोस्रो अर्धवार्षिकमा कुनै प्रारम्भिक सम्झौता हुने देखिएको छ ।

यसका लागि समग्रमा चीनलाई बढी सकारात्मक आर्थिक वर्षको नीति निर्माण गर्नुपर्ने देखिन्छ ।यसको मौद्रिक नीति अन्तर्गत वाणिज्य बैंकहरूमा बढी तरलता दिनुपर्ने र वित्तीय प्रतिष्ठानहरूको सुधार र ऋण प्रवाहको क्षमतामा सुधार गर्नुपर्ने आवश्यकता रहेको छ ।

आपूर्ति र माग बीचको सन्तुलन कायम राख्नुपर्ने युयानको विनिमयदरलाई सन्तुलनमा राख्नुपर्ने आवश्यकता रहेको विज्ञहरूको बुझाइ रहेको ग्लोबल टाइम्सले ‘चाइनाज इकोनोमिक ग्रोथ क्यान मेनटेइन स्टयाबिलिटी इन २०२० अमिड ग्लोबल स्लोडाउन’ शीर्ष अन्तर्गत प्रकाशित गरेको छ ।