पोखरामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, चारजना पुरिएको अशंका

पोखरामा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु, चारजना पुरिएको अशंका

पोखरा, १५ मङ्सिर । पोखरा महानगरपालिका २० मौजामा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

कास्की र मनाङ जोड्ने भलाम– र्याले चौर–मौजा विसौना–सिक्लेस– मनाङ सडक निर्माणका क्रममा माथिबाट ढिस्को खसेको थियो । ढिस्कोबाट तीन जनाको शव निकालिएको र अन्य तीन–चार जना पुरिएको हुन सक्ने पोखरा महानगरपालिका वडा नं। २० का वडा सदस्य शिवप्रसाद बास्तोलाले जानकारी दिए ।

सडक निर्माणमा पाँच–सात जना कामदारहरु कार्यरत रहेकाले ढिस्को खस्ने बेलामा कतीजनाले काम गर्दै थिए भन्ने एकीन नभएको बास्तोलाले बताए। सडक फराकिलो बनाई कुनापट्टी नाली निर्माण र जमिन काटेर बनेको भित्तोमा रिटेनिङवाल निर्माण गरिरहेका बेला माटोको ढिस्को खसेको थियो । ‘अहिलेसम्म तीन शव निकालिएको छ, अन्य दुई जना रहेको भन्ने आशंकामा माटो पन्छाउँने काम भइररहेको छ ।’ बास्तोलाले भने ।