कास्कीमा नेकपा उम्मेदवार विद्या भट्टराई ८ हजार मतले अगाडी

 कास्कीमा नेकपा उम्मेदवार विद्या भट्टराई ८ हजार मतले अगाडी

कास्की, १५ मंसिर । उपनिर्वाचन २०७६ अन्तर्गत कास्की– २ मा भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो पारेकी छिन् ।
भट्टराईले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार ८ सय ३७ मतले पछाडि पारेकी हुन् । चारवटा वडाको मतगणना सम्पन्न हुँदासम्म विद्याले १४ हजार ७३० मत ल्याएकी छन् भने पौडेलले ५ हजार ८ सय ९३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।

अहिलेसम्म वडा नम्बर ३३, २१, २० र १७ को गणना सम्पन्न भएको छ । कास्की– २ मा कुल ४५ हजार ५६३ मत खसेको थियो ।