इरानले क्षेप्यास्त्र उत्पादनमा जोड दिने

इरानले क्षेप्यास्त्र उत्पादनमा जोड दिने

काठमाडौ । इरानले पनडुब्बीका लागि चाहिने क्षेप्यास्त्रको उत्पादनमा जोड दिने बताएको छ । इरानको जल सेनाका प्रमुख रियर एडमिरल होसेन खानजादीले यस्तो बताएका हुन् । क्षेप्यास्त्रको विशेषताबारे भने उनले खुलाएनन् । जस्क नाम गरेको क्षेप्यास्त्रर्ला पनडुब्बीबाट प्रहार गर्न सकिने जनाउँदै यसको पहिलो प्रदर्शन  फेब्रुअरीमा गरिएको उनले जनाए ।

जस्क–२ परियोजनामा काम भइरहेको जाए । यो क्षेप्यास्त्रको मारक क्षमताले शत्रु चकित हुने उनको भनाइ थियो ।साथै इरानसँग भएको नयाँ हातहतियारको प्रदर्शन गरी इरानले रुस र चीनसँग संयुक्त सैन्य अभ्यास हुने जनाए । हिन्द महासागरमा अर्को महिना संयुक्त सैन्य अभ्यास हुने देखिएको छ ।

रुसले यो संयुक्त सैनिक अभ्यास आतंकवाद विरोधी र सामुद्रिक डाकु विरोधी गतिविधिका लागि हुने जनाएको छ । यो संयुक्त सैन्य अभ्यास यो क्षेत्रका कुनै देश विरूद्ध लक्षित नभएको रुसले जनाएको हो ।