तातो नाकाबाट व्यापारिक काराबोर बढदै

तातो नाकाबाट व्यापारिक काराबोर बढदै

काठमाडौ । तातो पानी सीमा पुनः खोलिएपछि नेपाल चीन बीचको व्यापारमा बृद्धि भएको भन्सार विभागको आँकडाले दर्शाएको छ । ४ वर्ष अघिको ध्वंसकारी भूइँचालोबाट बन्द हुन पुगेको यो सीमा ६ महिना अघि फेरि सञ्चालनमा आएयता दुई देशबीचको व्यापार बढेको हो ।

भन्सारको यो बिन्दुबाट नोभेम्बरको मध्यमाकरिब २ करोड अमेरिकी डलर बराबरको व्यापार भएको देखिएको छ । कारोबारको यो रकम रसुवा गडी गीलोङ बिन्दुको तुलनामा कम भएपनि यो बिन्दुबाट व्यापार बढने अधिकारीहरूले जनाएका छन् ।
नेपालले रसुवागढी गीलोङ सीमा बिन्दुबाट ३० लाख अमेरिकी डलर बराबरको निर्यात गरिएको छ भने १६ करोड अमेरिकी डलरको आयात भएको छ ।

तातोपानी नाकाका भन्सार प्रमुख कृष्ण बहादुर बस्नेतले हालै दिएको जानकारी अनुसार चार महिनामा २४ लाख ३० हजार अमेरिकी डलर बराबरको राजस्व संकलन भएको छ ।भूइँचालो अघि नेपालको  व्यापारिक कारोबारको २५ प्रतिशत यही नाका बिन्दु हुने गरेको भन्सार विभागको आँकडा रहेको छ ।