धरानमा वाम विरासत भत्कने संकेत

धरानमा वाम विरासत भत्कने संकेत

१६ मंसिर, धरान । पञ्चायतकालदेखि निर्वाचन उपयोग गरेर जित्दै आएको धरान नगरपालिकामा मतगणना जारी रहदा बाम विरासत भत्कने सङ्केत देखिएको छ ।

११ वटा वडाको मतगणना सम्पन्न हुँदा नेपाली काङ्ग्रेसले जित्ने संकेत देखिएको छ । 

 २०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा पनि नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । हालसम्मको नतिजामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले धरान–२०, धरान–१७ र धरान–१५ मा मात्रै झिनो मतान्तरले जितेको अवस्था छ । धरान–१८, १९, १६, १४, १३, १२, ११, १०, ९ नम्बर वडामा काङ्ग्रेसले नै अग्रता कायम गरेको छ । यी वडामध्ये २०७४ को निर्वाचनमा १८ र १४ मा मात्रै काङ्ग्रेसले जीत हासिल गरेको थियो ।

प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेस उम्मेदवार तिलक राईले २५ हजार ९ सय ९८  मत हासिल गरेका छन् । नेकपाका उम्मेदवार प्रकाश राई २३ हजार ३ सय ९३ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।