अध्यायगमन उल्लंघन गर्ने ६ सय बढी विदेशी फर्काइए
काठमाडौ । गृहमन्त्रालयले अध्यायगमन उल्लंघन गर्ने जेल सजाय भोगेका ६३८ विदेशी नागरिकलाई विदेश फर्काइएको जनाएको छ ।वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्रालयले यो जानकारी दिएको हो । विभिन्न फौजदारीअभियोग लागेका, जेल सजाय भोगेका र अध्यायगमन कानुन उल्लंघन गर्नेहरूलाई फर्काइएको जनाउँदै फर्काइएकोहरूमा ५४१ जनाले बिना श्रम अनुमाति नेपालमा बस्दै आएको पाइएको थियो ।
अध्यायगमन कानुन अनुसार पर्यटक भिसालाई नवीकरण नगराई १५०को अवधि पार गरे उनीहरूलाई देश फर्काउनुपर्ने हुन्छ । यस्ता अपराध गर्नेहरूलाई प्रतिदिन ३ डलरका दरले जरिवाना गर्ने वा थप ५० हजार नेपालीसम्मको जरिवाना गरिने कानुन रहेको छ । ९७ जना विदेशीहरूले विभिन्न किसिमको फौजदारीअभियोगमा सजाय भोगेको रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
फिर्ता पठाइएकाहरूमा चिनिया, पाकिस्तानी, रुसी, बंगलादेशी, जर्मनी, फ्रान्सेली, कोरियाली, अमेरिकी, बेलायती, इटालियन, इजरेली,अस्ट्रेलियाली, क्यानाडियाली, उज्बेकिस्तानी, पोर्चुगली, स्विटजरल्यान्ड, निदरल्यान्ड, साउदी अरब, पोल्यान्ड, इरानी न्यूजील्यान्ड , मलेसियाली पेरू र डेनमार्की नागरिक रहेको जनाइएको छ ।
प्रतिक्रिया