भेनेजुएलामा पठाउन भनिएको राहतको सामान भित्र युद्धको सामान भएको दाबी
रूसले भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलास मदुरोलाई सत्ताच्युत गर्न अमेरिकाले सैनिक हस्तक्षेप गरे यसबाट विश्व तनावपूर्ण हुने चेतावनी दिएको छ ।
अमेरिकाले सैनिक हस्तक्षेप गर्ने योजना बुन्दै आएको आरोप लगाउँदै रूसले यस्तो चेतावनी दिएको हो ।
रूसको विदेशमन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले अमेरिका र यसका नेटोका
सहयोगीहरूले भेनेजुएलामाथि कसरी सैनिक हस्तक्षेपबाट मदुरोलाई अपदस्थ गरी प्रतिपक्षी नेता जुआन गुआइदोलाई स्थापित गराउने योजनामा छलफल गरिरहेको दाबी गरेकी छिन् ।
अमेरिकाले सैनिक सामानहरूलाई राहतको सामान भनी भेनेजुएला पठाउन लागेको जानकारी दिँदै रूसले यस्तो जनाएको हो ।
भेनेजुएलाले राहतका सामानलाई सीमा नाकाबाट छिर्न नदिएपछि प्रतिपक्षी नेता गुआइदोका समर्थकले भिडन्तको अवस्था सिर्जना गरिरहेका छन् ।
प्रतिक्रिया