आइसियूबाट प्रधानमन्त्रीको सन्देशः साग हेरेँ, समाचार पढ्न सक्ने भएको छु 

आइसियूबाट प्रधानमन्त्रीको सन्देशः साग हेरेँ, समाचार पढ्न सक्ने भएको छु 

काठमाडौँ, १६ मंसिर । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सवास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षमा उपचाररत रहेका ओलीले सन्देशमा आफूले आइतबार १३ औँ सागको उद्घाटन कार्यक्रम समेत हेरेको बताएका छन् ।