बागलुङमा जीप दुर्घटना, १४ जनाको ज्यान गयो
बागलुङ, १७ मंसिर । बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका ७ भिमगिठेमा दुर्घटना हुँदा १४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केही हराइरहेका छन् । दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी स्वास्थ्यसंस्थातर्फ पठाएका छन् ।
दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको भएतापनि ज्यान गुमाउनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ । जीपमा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
जीप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।
प्रतिक्रिया