परराष्ट्र मामिला प्रतिष्ठान र मिसन सीआईए

परराष्ट्र मामिला प्रतिष्ठान र मिसन सीआईए

अर्जुन ज्ञवाली

हिजो -विसं २०७६ मंसिर १६ गते_ परराष्ट्र मामिला प्रतिष्ठानले नेपालको सिमाना अतिक्रमण विषयमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका वक्ता र अतिथिहरु कुनै पनि सीमा रक्षासँग सम्बन्धित थिएनन् । 

पश्चिमा मिसनअनुसार नेपाललाई अस्थिर बनाइराख्ने र अमेरिकी स्वार्थका लागि क्रियाशील पत्रकारहरु थिए । उक्त कार्यक्रमका अतिथि बक्ताहरुमध्येका भेषबहादुर थापा दरबार हत्याकाण्डको समयमा भारतमा राजदूत थिए । महेन्द्रले कालापानी भारतलाई दिए भनेर अप्रमाणित कुरा भन्दै हिँड्ने यी स्वयम् राजा महेन्द्रद्वारा पालितपोषित भएर पनि  ‘रअ’ का लागि सीआईएसँग समन्वय गरेर काम गर्दैछन् < साहित्यकारको आवरणमा क्रियाशील उनकी छोरी मञ्जुश्री थापालाई सीआईए एजेन्ट भनेर धेरैले भन्छन्, जो नेपाली नागरिकता त्यागेर अष्ट्रेलियामा बसोबास गर्छिन् । 

नापी विभागका पूर्व महानिर्देशक तोया बराल स्वयम् ‘रअ’ का एजेन्ट नै हुन भनिन्छ । उनी नापी विभागको निर्देशक हुँदा नवलपरासीको सुस्ता, कैलालीको लालबोझी, भजनी र कञ्चनपुरको पुनर्वासमा भारतीयहरुले अतिक्रमण गरेको सीमालाई मान्यता दिएर राष्ट्रघात गरेका थिए । यी देशद्रोही अपराधीहरु नै हुन् । 

वर्तमान सरकार र खासगरी राष्ट्रपति  विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले हेक्का राख्न जरुरी छ । जासुसी एजेन्टहरु कसरी घुसपैठ गर्न खोज्दैछन् < यो समूहको उद्देश्य सीमा समस्याको समाधान होइन, त्यसलाई जसरी सूर्यनाथ उपाध्यायमार्फत् टनकपुरमा गिरिजाप्रसादलाई फसाएर गिरिजा सरकारविरुद्ध टनकपुरको मुद्धामा तत्कालीन नेकपा एमालेलाई मैदानमा उतारियो, त्यसैगरी सीमा समस्या समाधान होइन विवादमा ल्याएर यो सरकारविरुद्ध जनताको राष्ट्रवादी भावनालाई भड्काएर इण्डो पश्चिमाको आडमा आधार निर्माण गर्न प्रयत्नशील छन् ।

 

अर्का नापी विभागका पूर्व महानिर्देशक पुण्य ओली नवलपरासीको महेशपुर लगायतका ठाउँ सीमा अतिक्रमण गर्दा सहयोग गर्ने राष्ट्रघाती हुन् । राजाको प्रत्यक्ष शासनकालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनेका सूर्यनाथ उपाध्याय २०४८ सालमा गिरिजाप्रसाद कोइराला जलश्रोत सचिव हुँदा टनकपुरमा फसाउने र राष्ट्रघाती महाकाली सन्धिका पक्षधर ‘रअ’ को योजनामा हिंड्ने पात्र नै हुन् । जवाहरलालनेहरु विश्वविद्यालयबाट उत्पादित दीपकप्रकाश भट्ट, पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको केन्द्र इण्डो पश्चिमा हो । ती प्रायः सबै नै सत्तारुढ नेकपाभित्र पूर्व माओवादी अझ खासगरी प्रचण्डविरुद्ध अभियान चलाउने हुन् । यहाँ रहेका कतिपय युरोपियन एनजीओहरुमा आवद्ध छन् । महेन्द्र पाण्डेकी बहिनी बृन्दा पाण्डेले त महिला अधिकारको नाममा क्रिश्चियन एनजीओ मार्फत अभियान नै चलाउने गर्दथिन । 

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सल्लाहकार रहेका गेजा शर्मा वाग्ले इण्डो सीआईए मिशन अन्तर्गत काम गर्दछन् । पत्रकारको आवरणमा सीआईएको काम गर्ने कनकमणि दीक्षित वदनाम पात्र हुन् । यी कोही पनि सिमानाका विषयमा ज्ञाता होइनन् । देशको सूचना बेचेर राष्ट्रघात गर्ने गिरोह हुन् । 

यस्ता बदनाम राष्ट्रघातीहरुलाई जम्मा गरेर नेपालको सीमा समस्याको विषयमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले कार्यक्रम गर्नु भनेको यो प्रतिष्ठान समस्या समाधानका निमित्त क्रियाशील छैन भन्ने प्रष्ट सन्देश हो । यो संस्थाले कार्यक्रममा उपस्थित गराएका पात्रहरुको अनुहार हेर्दा यो संस्था भारतीय जासुसी निकाय ‘रअ’ सँग समन्वय गरेर अमेरिकी जासुसी निकाय सीआईएको लागि काम त गरिरहेको छैन < प्रश्न चिन्ह खडा छ । सरकारको ध्यान समयमै पुगोस । वर्तमान सरकारले विवादित सीमा समस्याको विषयमा स्पष्ट अडान लिएर अघि बढ्न लागेको अवस्थामा यस्तो स्वयम्  ‘रअ’ सीआईएका जासुसहरु राखेर परराष्ट्र मामिला प्रतिष्ठानले कार्यक्रम गर्नु सूर्यनाथ उपाध्ययले गिरिजाप्रसाद कोइरालालाई टनकपुर फसाइदिए जस्तै वर्तमान सरकार र प्रधानमन्त्री केपी आलीलाई फसाइदिने र विवादलाई यथावत बल्झाउँदै इण्डो पश्चिमालाई खेल मैदान निर्माण गरिदिनु नै हो । यस कारण सरकार यो संस्थाबाट जासुसहरुको नक्कली राष्ट्रवादको भ्रमबाट सचेत हुँदै अघि बढ्न जरुरी छ । 

सुरुमा नक्कली राष्ट्रपवादको आवरणमा जनताको राष्ट्रवादी भावनालाई भड्काएर इण्डो सीआईए रणनीति अन्तर्गत सरकारविरुद्ध क्रियाशील देशीविदेशी शक्ति केन्द्र सरकारको आतङ्कपछि अत्तालिएको छ । उनीहरु नयाँ षड्यन्त्रको तानाबाना बुन्न क्रियाशील छन् । सीआईएको बौद्धिक शाखा कार्टर सेन्टर बदनाम भएपछि सूर्यनाथ उपाध्यायदेखि विवेक शाहसम्मको समूह +२५ ग्रुपको नाममा सीआईए मिशनमा क्रियाशील रहेको छ । जहाँ २०४६ सालपछि तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई गाडी उपहार दिने तत्कालीन राजदरवारका सचिव चिरन शमशेर थापा समेत संलग्न छन् । दासढुंगामा षड्यन्त्रपूर्वक हत्या गराइएका दुर्घटना भएको भन्ने मदन भण्डारी र जीवराज आश्रित सवार गाडी थापाले दिएका थिए । 

वर्तमान सरकार र खासगरी राष्ट्रपति  विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले हेक्का राख्न जरुरी छ । जासुसी एजेन्टहरु कसरी घुसपैठ गर्न खोज्दैछन् < यो समूहको उद्देश्य सीमा समस्याको समाधान होइन, त्यसलाई जसरी सूर्यनाथ उपाध्यायमार्फत् टनकपुरमा गिरिजाप्रसादलाई फसाएर गिरिजा सरकारविरुद्ध टनकपुरको मुद्धामा तत्कालीन नेकपा एमालेलाई मैदानमा उतारियो, त्यसैगरी सीमा समस्या समाधान होइन विवादमा ल्याएर यो सरकारविरुद्ध जनताको राष्ट्रवादी भावनालाई भड्काएर इण्डो पश्चिमाको आडमा आधार निर्माण गर्न प्रयत्नशील छन् । सबैलाई चेतना भया ।