‘राष्ट्रपति सीसँग भेट नहुने कारण प्रचण्डको भ्रमण स्थगित’

‘राष्ट्रपति सीसँग भेट नहुने कारण प्रचण्डको भ्रमण स्थगित’

१७, मंसीर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण स्थगित हुनुको कारणमा चीनका राष्ट्रपति तथा पार्टी नेता सी चिनफिङसँग भेट्न नपाउनुको कारण रहेको नेता देवेन्द्र पौडेलल बताए । 

‘अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा ६० जनाको टोली लैजाँदा राष्ट्रपति सीलाई भेट्ने सेड्युल मिलाउन खोज्दा नभएपछि अन्तिम आवरमा आएर स्थगित भयो’ नेता पौडेलको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । 

पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था बिग्रिएका कारण विदेश नभएको वाहिर चर्चा भएको थियो । त्यसको लगत्तै आफू धेरै विरामी नभएको भन्दै प्रमले अस्पतालको शैयाबाट नै भिडियो सन्देश दिए । 

पार्टीका अन्तर्राष्ट्रिय क्षेत्र हेर्ने माधवकुमार नेपालले समेत चीन भ्रमणको बारेमा प्रचण्डसँग असहमति राखेको उनी निकट स्रोतले बतायो । उनको खासगरी असहमति चाहिं ६० जना जाँदा आफूलाई नसोधिएको भन्नेमा थियो ।