सागका नाममा ठूलै ब्रम्हलूट ?
१७ मंसिर, काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग) मा ब्रम्हलूट मच्चाइएको भन्दै यसको नेतृत्वको व्यापक आलोचना भइरहेको छ ।
खेलाडीको स्तरोन्नतीका लागि छुट्याइएको बजेटमा सागका नाममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष पीताम्बर तिमल्सिनासहितका पदाधिकारीले लूट नै मच्चाइएको खेलाडीबीचमा चर्चा चलेको छ ।
आर्थिक मामलामा असाध्यै अपारदर्शी ठहरिएका सिलवाल र तिमल्सिनाको हातमा डाडुपन्यु हुँदा धेरै घोटाला हुने आशंका छ । सिलवाल र तिमल्सिना विभिन्न विवादित काण्डमा जोडिएका पात्र हुन ।
मन्त्रीहरुलाई दौरा, सुरुवालदेखि प्रचारप्रसारका नाममा अपारदर्शी घोटाला गरिएको भन्दै मिडियामा तथ्यपूर्ण समाचार आइरहेका छन् ।
सागका नाममा भएका आर्थिक अपारदर्शिताको छानविन हुनुपर्ने सर्वत्र आवाज उठेको छ ।
प्रतिक्रिया