उसुमा निमा घर्तिमगरले जितिन् स्वर्णं पदक
काठमाडौं, १९ मंसिर । काठमाडौंमा जारी १३औं सागमा निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्।
पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्।
यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कास्य भइन् । सँगै निमाले सागमा लगातार दुई स्वर्ण जितिन्। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनिन्। जारी सागमा भने नेपालको यो ३०औं स्वर्ण हो।
प्रतिक्रिया