प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किए
काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको अस्पताल बसाइबाट बालुवाटार फर्किएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंसिर १० गते भर्ना भएका ओली १० दिनपछि बिहीबार डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनी डिस्चार्जपछि सरकारी निवास बालुवाटार फर्किएका हुन् । अप्रेसनपछि ओली पूर्ण स्थास्थ्यलाभ गरेर बालुवाटार फर्किएको थपाको भनाई छ ।
मंसिर १० गते ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया