माल्दिभ्सलाई २–१ गोलले पराजीत, नेपाल अंक तालिकाको शीर्ष स्थानमा
दक्षिण एसियाली खेलकुद अन्तर्गत दशरथ रंगशालामा आज भएको फुटबलमा नेपाल विजयी भएको छ। नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले दोस्रो जित निकालेको हो।
नेपालले पहिलो हाफमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो भने खेलको ५१ औं मिनेटमा अनन्त तामाङले दोस्रो गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
सुरुवाती खेलको १७ औं मिनेटमा माल्दिभ्सका हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए भने नेपालका अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।
स्वर्ण जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको नेपाली टोली भोलि साँझ नेपालले बंगलादेशीबीचको सामना गर्नेछ। बंगलादेशसँग बराबरी मात्रै खेलेको अवस्थामा पनि नेपाल सिधै फाइनलमा पुग्नेछ।
प्रतिक्रिया