सरकारले शिक्षाको सुधारमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्छः अध्यक्ष प्रचण्ड
काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन् । साथै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने पनि बताए।
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आफ्नो पार्टीले चुनावका बेला शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको जनाउँदै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारमा छुट्याउनुपर्ने बताए।
सरकारले प्रविधिमैत्री व्यवसायिक शिक्षा उपलब्ध गराउने योजना सहित व्यवसायिक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागेको उनले बताए। शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको दाहालको भनाइ छ।
प्रतिक्रिया