नेपाल साग फुटबलको फाइनलमा
नेपाल साग फुटबलको फाइनलमाभरखरै सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले हराएसँगै नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग)फुटबलको फाइनलमा पुगेको छ ।
अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ । भुटानसँग यसअघिको खेलमा नेपालले ४–० गोलले जीत निकालेको थियो ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए ।
नेपालले पहिलो ४५ मिनेटमा केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १–० कै अन्तरमा खेल जित्यो । आजको खेलमा बंगलादेशी खेलाडीले फल धेरै नै गरे ।
प्रतिक्रिया