सुनको मूल्य घट्यो
काठमाडौँ, २३ मङ्सिर । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ५०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७० हजार ७०० रुपैयाँ कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला ७० हजार ९०० रुपैयामा कारोवार भएको थियो ।
प्रतिक्रिया