बोक्साको आरोपमा चितवनका वडाध्यक्षमाथि कुटपिट, मलमुत्र खुवाउने दुस्पयास
बोक्साको आरोपमा चितवनका वडाध्यक्षमाथि कुटपिट भएको छ । चितवन इच्छाकामना गाउँपालिका २ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीले कुटपिट गरेका हुन् । उनलाई कालोमोसो दलेर मानव मलमुत्र खुवाउने दुस्प्रयाससमेत भएको छ ।
जोखालाल चेपाङको घरमा रहेको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया