प्लस टु पास गराउने नयाँ दूत आउने
काठमाडौ भारतको तर्फबाट नयाँ दूत प्लस टु पास गराउने गरी आउन लागेको देखिएको छ । विदेश विभागको सेवाबाट निवृत हुन अघि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका भारतीय कुटनीतिज्ञ मञ्जिभसिंह पुरी पछिका भारतीय दूतले ‘प्लस टु ’ पास गराउने गरी आउन लागेको भारत निकट स्रोतले जनाएको छ ।
सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले चीन भारत नेपालबीचको सम्बन्ध प्लस टुको आधारमा नभइ समानारूपमा त्रिपक्षीय सम्बन्ध हुनुपर्ने बताएका थिए । अध्यक्ष प्रचण्डले दुई देशबीचमा नेपालको भौगोलिक अवस्था अनुरूपको सम्बन्ध विस्तार हुनु नै क्षेत्रीय विकास र अर्थतन्त्रका लागि राम्रो हुने तर्क प्रस्तुत गर्दै एक कार्यक्रममा टु प्लस वनको अवधारणामा असहमति जनाएका थिए । टु प्लस वन भनेको चीन भारत बीचको सम्बन्धमा नेपाल जोडिने भन्ने हो ।
भारतीय स्रोतका आधारमा चीन र भारतले अहिलेसम्माा त्यसैलाई व्यवहारमा दृढता पूर्वक अगाडि बढाइआएको देखिएको छ । लिपुलेकलाई नेपाललाई नसोधिकन चीन र भारतले दुई पक्षीय सम्झौतमा बिन्दु उल्लेख गर्नु प्लस टुकै निरन्तरता हो । यसमा नेपालले चीन र भारतसमक्ष आफ्नो असहमति जनाउनु नै प्लस टुकै उदाहरण हो ।
प्रचण्डले खोजेको समान त्रिपक्षीय सम्बन्धको ठोस अवधारणा तय भए लिपुलेक जस्ता बिन्दुबाट चीन भारतबीचको व्यापारिकलगायतका सम्बन्धबारे नेपाललाई जानकारी दिइ वा सहमतिमा लिइाा अगाडि बढनुपर्ने आवश्यकता हुन्छ ।
चीनले भारतको यो बुझाइलाई साथ दिएको बताउँदै यस्तै व्यक्तिको खोजी भइरहेको छ । सन् २०१९को अन्त्यसम्म पुरी कार्यकाल रहेकोले नयाँ वर्षमा अर्को दूत आउने भएको हो ।
हाल मिडियामा भारतीय दूतको रूपमा चर्चा पाएकाहरूमा अखिलेश मिश्र, गोपाल बाग्ले र जावेद असरफ रहेका छन् । तीनै जना काठमाडौस्थित दूतावासमा काम गरिसकेका कुटनीतिज्ञ हुन् । राजदूतको जिम्मेवारीमा आउन लागेका चर्चामा रहेका मिश्रा र बाग्लेले यसअघि प्रेस तथा कल्चरको जिम्मेवारी पूरा गरेका हुन भने आर्थिक कन्सुलरको रूपमा असरफले भूमिका खेलिसकेका छन् । स्रोतका अनुसार जो सुकैले प्लस टु पास गर्ने योग्यतामा देखिए तिनलाई यो जिम्मेवारी दिइने छ ।
प्रतिक्रिया