नेवि संघमा भाँडभैलो ः संस्थापन र सिटौला पक्षबीच कुटाकुट, दर्जनौ घाइते

नेवि संघमा भाँडभैलो ः संस्थापन र सिटौला पक्षबीच कुटाकुट, दर्जनौ घाइते

काठमाडौं । संस्थापन पक्ष र कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेर हदको विषयलाई लिएर झडप हुँदा दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन् । 

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आइतबार भएको नेविसंघको दुई समूहबीचको झडपले उग्र लिएपछि प्रहरीले लाठी चार्ज गर्नु परेको थियो । 

संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीतमा छ ।

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी महामन्त्री निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।

शाहलगायत विद्यार्थी समूहले अनुशासन कायम हुनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । आफूले भनेअनुसार नभए समानान्तर तदर्थ समिति बनाउने सिटौला समूहका विद्यार्थी नेता निरञ्जन थापाले चेतावनी दिए ।