कोहलपुरको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै
बाँके, २४ मंसिर । बाँकेको कोहलपुरमा लगाइएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ ।
कोहलपुर नगरपालिका ६ मा आइतबार ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि उत्पन्न तनावका कारण लगाइएको कर्फ्यु मंगलबार बिहानबाट हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोमबार बिहान जनजीवन सामान्य भएको भनिए पनि दिउँसो फेरि प्रदर्शनका कारण तनाव भएपछि पसल बजार बन्द भएका थिए भने सर्वसाधारणलाई आवतजावत गर्न दिइएको थिएन ।
कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि सोमबार र आइतबार दिउँसो कोहलपुर तनावग्रस्त भएको थियो भने मंगलबार बिहान पनि र्याली निकालिएको थियो ।
प्रतिक्रिया