नेपाललाई पुरुष फुटबलमा लगातार दोश्रो स्वर्ण
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको लगातार दोश्रो स्वर्ण नेपालले जितेको छ । समग्रमा साग फुटबलको इतिहासमा यो स्वर्ण चौंथो पटकको हो ।
मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २–१ गोल अन्तरले जीत निकालेको छ ।
नेपालको तर्फबाट १७ औं मिनेटमा अभिषेक रिजालले र दोश्रो हाफमा सुनिल बलले हेडिङ्गबाट उत्कृष्ट गोल गरेका थिए । यस खेलमा भुटानका तर्फबाट चेन्चो ग्याल्सेनले ३७औं मिनेटमा गोल गरेर पहिलो हाफ बरारबरीमा पु¥याएका थिए ।
खेलको दोस्रो हाफको सुरुमै नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।
खेल निकै रोमाञ्चक भएको थियो । नेपाली खेलाडीलाई दर्शकहरुले हौस्याइरहेको देखिन्थ्यो ।
प्रतिक्रिया