ट्रम्पको पर्खाल लगाउने योजना रकम रोक्का

ट्रम्पको पर्खाल लगाउने योजना रकम रोक्का

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका मेक्सिको सीमामा अवैध प्रवासन रोक्न लगाउन खोजेको पर्खाल योजनालाई धक्का लाग्ने भएको छ ।अमेरिकाको एक संघीय न्यायाधीशले सैनिक संरचना कोषबाट ३.६ अर्ब अमेरिकी डलर बराबरको कोष स्थान्तान्तरण गर्ने ट्रम्पको प्रयासमा रोक आदेश जारी गरिदिएका छन् ।

ट्रम्प प्रशासनले मेक्सिको सीमामा सन् २०२०को नोभेम्बरसम्म ४५० किलोमिटर पर्खाल बनाइसक्ने गरेको प्रतिबद्धता रकमको अभावमा तुहिने देखिएको छ । ट्रम्पले दोस्रो पदावधिका लागि यो पर्खालले अवैध आप्रावसनलाई राक्ने तर्कसहित चुनाव प्रचारमा जाने योजना बनाइरहेका बेला टेक्सास आधारित अमेरिकाको जिल्ला अदालतका न्यायाधीश डेभिड ब्राइओन्सले  ट्रम्प प्रशासनले पर्खाल लगाउन खोजेको रकम निकासमा रोक आदेश जारी गरेका हुन् ।