बनर्जी दम्पत्तिले नोबेल पुरस्कार थापे धोती सारीमा

बनर्जी दम्पत्तिले नोबेल पुरस्कार थापे धोती सारीमा

काठमाडौ ।अर्थशास्त्रका लागि विश्वको गरिबी हटाउने प्रायौगिक उपाय दिएर विशेष योगदान पु-याउनेहरू मध्ये भारतीय मूलका अमेरिकी अर्थशास्त्री अभिजित बनर्जी र उनकी पत्नी एस्थर डुफ्लोले सन् २०१९को नोबेल पुरस्कार धोती सारीमा थापेका छन् । अर्का अर्थशास्त्री माइकल क्रेम्मर भने सुट पहिरेर समारोहमा उपस्थित भएका थिए ।

९० लाख स्विडन क्रोन तीन जनामा बाँडिने गरी यो वर्ष अर्थशास्त्रीका लागि दिइने नोबेल परस्कार राशि सहितको सम्मान यी तीन अर्थशास्त्रीलाई दिइने यसअघि घोषणा गरिएको थियो । मुम्बईमा जन्मेका बनर्जी यो पुरस्कार पाउने  अमत्र्यसेन पछि दोस्रो भारतीय भएका छन् । सेन जस्तै बनर्जी पनि उहिलेको प्रेसिडेन्सी कलेज अहिलेका प्रेसिडेन्सी युनिभर्सिटीको पूर्व विद्यार्थी हुन् ।

बनर्जी र उनकी पत्नी डुफ्लो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नलजिमा अर्थशास्त्र विभागका प्रोफेसर हुन भने क्रेम्मर हारवर्ड युनिभर्सिटीको अर्थशास्त्र विभागका प्रोफेसर हुन् । तीनै जनाले गत दुई दशक भन्दा बढी समयदेखि विश्वको गरिबी हटाउने सर्वोत्तम बाटोको खोजीमा क्रियाशील रहेका थिए । उनीहरूको कामलाई ‘तलतिर झुण्डिरहेका फलहरू’ वा लो ह्याङिङ फ्रुट्स भनेर चिनिन्छ ।

उनीहरूको उपाय स्वास्थ्य र शिक्षा क्षेत्रमा गरिबहरूलाई बढी लाभ पु-याउने प्रभावशाली बाटो भएको देखिएको छ ।