नेपाल र भुटान गलत उच्चारण गर्ने अमेरिकी राष्ट्रपति भेनेजुएला गलत उच्चारण गरेकोे भिडियो भाइरल

नेपाल र भुटान गलत उच्चारण गर्ने अमेरिकी राष्ट्रपति भेनेजुएला गलत उच्चारण गरेकोे भिडियो भाइरल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला उच्चारण गर्न कठिनाइ भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

ट्रम्पले ‘भेने –के भेने? भनेर अकमकिएका थिए । समाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकाबाट टाढा रहेका दक्षिण एसियाली देश नेपाल र भुटान उच्चारण गर्न समस्या पर्नु त्यत्रो विधि अनौठो नमानिए पनि दक्षिण अमेरिकी देश भेनेजुएलाको नाम उच्चारण गर्नु भनेको विपत्ति ल्याउनु हो भन्दै टिप्पणी गरेका छन् ।

ट्रम्पले भेनेजुएला भन्न नसकेको त्यो भिडियो जंगलको आगो जस्तो फैलिएको सञ्चार माध्यमहरूले जनाएका छन् । 

ट्रम्पले मियामीमा दिएको भाषणको क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई साथ नदिन त्यहाँका सैनिकलाई आह्वान गर्न खोजेका बेला भेनेजुएला उच्चारण गर्न अकमकिएका थिए ।

 यसअघि ट्रम्पले नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ भनेर उच्चारण गरेका थिए ।