सिंगापुरको बेरोजगारी एक दशककै उच्च

सिंगापुरको बेरोजगारी एक दशककै उच्च

काठमाडौ । सिंगापुरमा बेरोजगारी बढदै गएकोमा चिन्ता बढन थालेको छ । सिंगापुरको तेस्रो त्रैमासिकमा बेरोजगारी दर  दश वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको  देखिएको हो । बिहीबार सार्वजनिक डेटाका अनुसार  अर्थतन्त्रमा देखिएको अनिश्चितताका कारण यस्तो देखिएको अधिकारीहरूले जनाएका हुन् । त्यहाँ केही महिनामा चुनाव हुने भएको छ ।

दोस्रो त्रैमासिकमा बेरोजगारी दर २.२ प्रतिशत रहेकोमा तेस्रो त्रैमासिकमा बढेर यो २.३ प्रतिशतमा पुगेको हो । यो दर सन् २००९को चौथो त्रैमासिक यताकै सबै भन्दा ठूलो हो ।अर्थतन्त्रमा देखिएको अनिश्चितताले यस्तो भएको देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सिंगापुरको बेरोजगारी दर उन्नत अर्थतन्त्रका साथै ओइसीडीको औसत ५ प्रतिशत भन्दा मुनि रही आएको छ । अमेरिका  र चीनबीचको व्यापार युद्ध र सन् २०२१मा हुने निर्वाचनजस्ता विषयले अर्थतन्त्रसम्बन्धी अनिश्चिता त्यहाँ देखिएको जनाइएको छ ।