काठमाडौंको चन्द्रागिरीमा हिउँ पर्यो बुरुरु
काठमाडौं, २७ मंसिर । काठमाडौंको चन्द्रागिरिमा शुक्रबार हिउँ परेको छ।
बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला चन्द्रागिरिमा हिउँ परेको हो। ‘अहिले हल्काफुल्का हिउँ परिरहेको चन्द्रागिरीका एक स्थानियले बताए ।
हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ । शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ।
प्रतिक्रिया