अमेरिकी समर्थक प्रतिपक्षीले ट्रक जलाएर भेनेजुएली राष्ट्रपतिमाथि आरोप लगाए

अमेरिकी समर्थक प्रतिपक्षीले ट्रक जलाएर भेनेजुएली राष्ट्रपतिमाथि आरोप लगाए

अमेरिकी समर्थक प्रतिपक्षीका कार्यकर्ताहरूले अमेरिकाले पठाएको राहत सामग्री निकालेर ट्रकमा आगो लगाइ भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि लगाएका छन् ।

निर्वाचित राष्ट्रपति मदुरोलाई सत्ताबाट अपदस्थ गर्ने अमेरिकी योजना अनुरूप यसो गरेको देखिएको हो । कोलम्बियाबाट भेनेजुएला प्रवेश गराउन खोजिएको मानवीय सहयोग अन्तर्गत पठाइएको राहतका सामान लादिएको ट्रकलाई आगो लगाइएको यो घटनाका दोषी भेनेजुएली र अमेरिकी शासकहरूले एक अर्कामाथि लगाइरहेका बेला अमेरिकी समर्थक प्रतिपक्षीले सामान निकालेर आगो लगाएको एक भिडियो सार्वजनिक भएको छ । यो भिडियोले अमेरिकी योजनामा भेनेजुएलालाई दोषी देखाउन यसो गरिएको प्रस्ट भएको छ ।

कोलम्बिया र भेनेजुएला सीमामा अमेरिकी समर्थक प्रतिपक्षीका कार्यकर्ताहरूले समर्थकले गरेको सीमा नाका तोड्ने प्रयास असफल भएपछि उनीहरूले त्यो ट्रकलाई आगो लगाएका थिए । उनीहरूले भेनेजुएली शहर उरेना नजिक रहेको फ्रान्सिस्को डे पाउला सान्टानडर पुल नजिकको सीमा नाका तोड्ने प्रयास गरेका थिए ।

भेनेजुएलाका सरकारले अमेरिकी ट्रकमा लादिएको भनिएको मानवीय राहतका सामाग्रीलाई सीमा नाकाबाट प्रवेश दिन अस्वीकार गरेको छ । सरकारले यो अमेरिकाको लोकप्रियता कमाउने र सैनिक हस्तक्षेप गर्ने पूर्व तयारी अन्तर्गत गरिएको चालबाजी भएको भन्दै ती ट्रकलाई प्रवेश गर्न दिइरहेको छैन् । ट्रकमा आगो लगाइएका फोटाहरूको उपयोग गरी अमेरिकी अधिकारीहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि आरोप लगाउँदै सत्ता छाड्न जोड जोडले कराउन थालेका बेला यो घटनाको फुटेज समाजिक सञ्जालमा सार्वजनिक भएपछि अमेरिकी षडयन्त्रको पर्दाफास भएको हो ।

भिडियोको एक क्लिपमा कोलम्बिया तर्फको सीमाबाट एक मानिसले मोलोटोभ ककटेलको बोतल ट्रकमा फालेको देखिएको छ । यसबाट अमेरिकी समर्थक प्रतिपक्षीले आगो लगाउन र ध्वंस मच्चाउन कस्ता कस्ता सामाग्रीको प्रयोग गरिरहेका छन् त्यसको  खुलासा हुन पुगको हो ।

भिडियोको अर्को क्लिपले प्रतिपक्षी समर्थक कार्यकर्ताहरू योजनाबद्ध तरिकाले ट्रकमा आगो लगाएको चालबाजी प्रस्टिएको छ । सीमामा रहेका सुरक्षा बल धैर्यता पूर्वक आफ्नो निर्धारित लाइनमा बसिरहेको देखिन सकिन्छ ।