सीमा विवादको सहज समाधान दशगजा खाली गराऔं

सीमा विवादको सहज समाधान दशगजा खाली गराऔं

काठमाडौ । समय समयमा उत्पन्न हुने नेपाल भारत बीचको सीमा विवादको सहज समाधान दशगजा खाली गराउनु रहेको छ ।

नेपाल भारतबीचको सबै सीमानाका सम्बन्धी विवाद समाधान भइसकेको तर सुस्ता र कालापानी झनै अल्झिदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको समाधानको रूपमा दशगजा खाली गराउनु रहेको सम्बद्ध सरोकारवाला विज्ञहरूले बताउने गरेका छन् ।

उहिले सीमा विवाद हुँदा उपायको रूपमा  सीमामा गाडिएको जङगेपिलरको विधिलाई इमानदार रूपमा अवलम्बन गरे यसको सहज समाधान हुनेछ ।  नेपाल भारतबीचको सीमामा दशगजा रहेको छ । पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले दशगजामा जतातिरबाट पनि अतिक्रमण भएको छ त्यो हटाउन लगाउनुपर्ने हुन्छ ।

नेपाली पक्षले गरेको अतिक्रमण भएको छ भने नेपालले र भारत पक्षले गरेको छ भने भारतले अतिक्रमण हटाउनु पर्छ । सुगौली सन्धीमा नेपालको पश्चिमी सीमा महाकाली नदीलाई मानिएको छ । त्यता पनि महाकाली नदी पश्चिमको दशगजा मानेर व्यवहार गरिए समाधान सहजै निस्कने उनको भनाइ छ ।