कांग्रेसमा किचलोः पौडेल पक्षले आज पनि केन्द्रीय समिति बैठक बहिस्कार गर्ने
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि डाकेको केन्द्रीय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यले बहिस्कार गर्ने भएका छन् ।
नेता पौडेल परिवारसहित पाथिभरा दर्शनका लागि गएका छन् भने उनी पक्षका अरू केन्द्रीय सदस्य बैठकमा सहभागी नहुने निर्णयमा पुगेका हुन्।
सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित गर्न सहमत नभएको भन्दै पौडेल पक्षका नेताहरूले बैठक बहिष्कार गर्दे आएका छन् ।
गत बिहीबार बसेको बैठक पनि पौडेल पक्षका नेताले बहिष्कार गरेका थिए। बैठकमा सभापति देउवाले ४१ विभाग गठन गर्नेलगायत ९ एजेन्डा पेश गरेका थिए। महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच केहीबेर अघि भएको छलफलपछि आज पनि बैठक बहिष्कार गर्ने निर्णय भएको हो।
प्रतिक्रिया