अमेरिका चीनद्वन्द्वबाट नेपाल जोगिनुपर्ने चिन्ता

अमेरिका चीनद्वन्द्वबाट नेपाल जोगिनुपर्ने चिन्ता

काठमाडौ । अन्तर्राष्ट्रि रूपमा शक्ति देशहरूबीच भइरहेको  द्वन्द्वको प्रभाव नेपालमा पर्न सक्ने र यसबाट नेपाललाई जोगाउनुपर्ने चिन्ता सत्ताधारी पार्टीका नेताहरूले छलफलको विषय बनाएका छन् । उनीहरूका अनुसार नेपालसहित दक्षिण एसियामा विश्वका शक्तिशाली देश अमेरिका र चीनबीचको वर्चस्व कायम गर्ने प्रतिस्पर्धा बढेर गएको र त्यो उनीहरूको एसिया प्रशान्त क्षेत्रमा बढदो रणनीतिक स्वार्थले गर्दा भइरहेको छ ।

नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको तर्फबाट एक वर्षको अन्तरालमा बसेको पार्टी स्थायी सिमितिमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा यस्तो चिन्ता व्यक्त गरेको पाइएको छ । सो प्रतिवेदनमा चीनको ‘ द बेल्ट एन्ड रोड’ र ‘ अमेरिकाको ‘इन्डो प्यासिफिक स्ट्रेटजी’लाई उल्लेख गरिएको छ । अमेरिकाले आफ्नो वर्चस्व कायम राख्न चाहने र चीनले त्यसलाई चुनौती दिँदै आफूलाई विश्व अर्थतन्त्रको केन्द्रमा राख्न चाहेको विषय उल्लेख गरिएको छ ।

नेपालसहितको दक्षिण एसियाली क्षेत्रमा अमेरिका चीनको यो प्रतिस्पर्धाले अवसर र चुनौती दुबै थपेको र यस्तोमा नेपालको भूराजनीतिक अवस्थाको संवेदनशीलता गम्भीर प्रकृतिको रहेको प्रतिवेदनमा पार्टी नेताद्वयको बुझाइ रहेको छ । अमेरिकाको मिलिनियम च्यालेन्ज करपोरेशन अन्तर्गत ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे परियोजना र चीनको बीआरआई अन्तर्गतका ९ परियोजनामा नेपालको प्रतिबद्धता रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला दुई वर्षमा ५६ अर्ब रूपियाँ बराबरको वित्तीय सहयोग पु¥याउने चीनको प्रतिबद्धता थियो । सोही दस्तावेजमा कालापानी र लिम्पियाधुरा नेपाली भूमिलाई भारतले आफ्नो नक्शामा पारेको विषयप्रति गम्भीर चिन्ता समेत व्यक्त गरिएको छ ।