मृर्गौला रोगीको औषधिमा दीपक टीवडेवालको ठगी धन्दा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैँ मृर्गौला रोगबाट पिडित छन् । उनले मृर्गौला रोगीका पिडा राम्रोसँग बुझेका मात्र छैनन, भुक्तभोगी नै भएका छन् । त्यही पिडालाई मनन गर्दै ओली पहिलो पटक प्रधामन्त्री हुँदा नै मुटु, मृर्गौला, क्यान्सर जस्ता जघन्य रोगका बिरामीलाई राज्यले निःशुल्क उपचार गर्ने घोषणा समेत गरे ।
स्वस्थ्यमन्त्री भानुभक्त ढकाल पनि जनताको स्वस्थ्यप्रति निकै सचेत छन् । उनले केही दिन अघि सिंहदरबारमा पदबहाली गर्दैगर्दा भनेका थिए, ‘आर्थिक अभावले कुनै पनि बिरामीले मृत्यवरण गर्नुपर्दै र त्यसको प्रत्याभूति दिन सरकार तयार छ ।’ प्रधानमन्त्री र स्वस्थ्यमन्त्री जनताको स्वास्थ्यका बारेमा जति सेचत भएपनि, नीति तथा कार्यक्रमहरु लागू गरे पनि यसलाई कार्यान्वयन हुन नदिन केही कर्मचारी, मेडिकल माफिया र बिचौलियाहरु नै सल्बलाउन थालेको प्रमाण फेला परेको छ ।
मिर्गौला रोगबाट पीडित बिरामीका लागि सरकारले निःशुल्क प्रदान गर्दै आएको पेरिटोनियल फ्लुडमा डिके मेडिसेल्स र यसका सप्लायर्स दीपक टीवडेवालले बार्षिक करिव ५० लाख रुपैयाँ ठगि गर्दै आएको खुलासा भएको छ ।
मृर्गौला फेल भएपछि बिमारीको आयु लम्ब्याउने जम्मा तीन तरिका हुन्छन् । सर्बप्रथम मृर्गौलाकोे प्रत्यारोपण उत्तम उपाए हो भने विभिन्न बाध्यताले प्रत्यारोपण गर्न नसके डायलाइसिस गर्नुको बिकल्प रहँदैन । डायलाइसिस पनि दुई किसिमका हुन्छन् ।
बिमारी अस्पताल सम्म जान सक्दा अस्पतालमै गएर गरिने डायलाइसिसलाई हेमोडायलाइसिस र पेटको सर्जरी गरि विमारी आफैले घरमै गर्ने डायलाइसिसलाई पेरिटोनियल डायलाइसिस भनिन्छ । यहाँ चर्चा गर्न खोजिएको विषय हो आफैँले गर्ने डायलाइसिस अर्थात पेरिटोनियल डायलाइसिसको ।
पेरिटोनियल डायलाइसिसका बिमारीले ८–८ घण्टाको फरकमा दिनमा तीनपटक डायलाइसिस गर्नुपर्ने हुन्छ । हरेक पटकको डायलाइसिसमा बिभिन्न सामाग्रीहरुको प्रयोग गरिन्छ । प्रत्येक पटकको डायलाइसिसमा एक प्याकेट CAPD fluid लाग्दछ । यो फ्लुड भने नेपाल सरकारले डायलाइसिसका बिमारीलाई बिक्रेताको माध्यमबाट निःशुल्क प्रदान गर्दछ । सम्झौता अनुरुप नेपाल सरकारले बिक्रेतालाई सो बापतको एकमुष्ट रकम दिने गर्छ । यो फ्लुड नेपालमा सप्लाई गर्ने डिके मेडिसेल्स हो भने यस्का क्रिकेता दीपक टिवडेवाल हुन् ।
नेपाल सरकारले CAPD फ्लुड यहि डिके मेडिसेल्स सँग प्रति प्याकेट ४०८ रुपैयाँका दरले खरिद गर्ने सम्झौता गरेको छ । निःशुल्क वितरण गर्नुपर्ने सो औषधी टिवडेवालले सरकारसँघ भएको सम्झौता बिपरित बिरामीहरुसँग थप २२ रुपैयाँ लिएर बिक्री गर्ने गरेको खुलेको छ । बिरामीहरुले आफ्नो बिवरण पेश गरेपछि डिके मेडिसेल्सबाट यो औषधी निःशुल्क प्रयोगका लागि लिन पाउनु पर्नेमा टिडेवालले बिरामीसँग अनैतिक तवरले उक्त रकम असुली गरिरहेका छन् ।
करिव छ महिना अघिदेखि डिके मेडिसेल्सका बिक्रेता दीपक टिउडेवालले बिभिन्न वहाना बनाइ बिरामीहरुसँग रकम असुली गरिरहेको दृष्य कुलेश्वरस्थित डिके मेडिसेल्समा झिल्को प्रतिनिधि पुग्दा पनि देखिएको थियो । यसबारेमा बिरामीहरुले केही बोले टिवडेवाल र उनका बिक्रेताहरु बिरामी तथा औषधि खरिद गर्न जानेहरुलाई उल्टै झपार्ने गरेको देखिन्थ्यो ।
बिमारी र आफन्तले अनुनय गर्दा पनि टिवडेवालले बिरामीलाई धम्क्याउँदै औषधीमा ब्रम्हलुट मच्चाउँने गरेको पिडितले झिल्कोलाई बताए । आफुले नेतादेखि सबै उच्च तहका व्यक्तिहरु चिनेकाले गर्दा कसैको धम्क्याई र थर्काईले आफुलाई कुनै पनि असर नपर्ने टिवडेवाललको बोलीबाटै प्रस्ट हुन्थ्यो । आफु ‘पावरफुल’ भएको र आफुले सबै निकायलाई मिलाएकाले बिरोधले आफुलाई केही फरक नपर्ने तर धेरै निउँ खोजे ठिक पारिदिने चेतावनी पनि उनले दिने गरेको बिरामीहरु बताउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एक पिडितले झिल्कोसँग भने, ‘हामीहरुले केही बोले उनी औषधिसमेत दिन्न भन्दै धम्क्याउँछन्, अन्त किन्न जाउँ भने औषधी नै पाइँदैन, यही साहूसँग नकिनी सुखै छैन, जति ठगेपनि किन्न बाध्य छौँ ।’
नेपालमा पेटबाट आफैँ डाइलायसिस गर्ने बिमारीको संख्या करिब १९० जना छन् । एक जना बिमारीले कम्तीमा प्रतिदिन तीन पटक डाइलाइसि गर्नुपर्छ । प्रत्येक पटक डाइलाइसिस गर्दा यो फ्लुड एउटा लाग्छ भने एउटा बिमारीका लागि दिनमा तीनका दरले महिनामा ९० वटा फ्लुड हुन्छ । यसको मतलब डिके मेडिसेल्सले आफुखुसी बढाएको २२ रुपैयाँ हिसाब गर्ने हो भने एकजना बिरामीले महिनामा एक हजार नौ सय असी रुपैयाँ राज्यले दिने भन्दा बढी रकम तिर्नु पर्छ । सम्पुर्ण १९० जना बिमारीलाई प्रयोग हुने फ्लुडको हिसाब गर्दा महिनामा तीन लाख ७६ हजार २०० रुपैया बिमारीले अनावश्यक डिके मेडिसेल्लाई तिर्नु पर्छ ।
यसलाई बार्षिक हिसाब गर्दा ४५ लाख १४ हजार ४०० रुपैयाँ पेरिटोनियल डाइलाइसिसका बिमारीबाट डिके मेडिसेल्सका प्रोपाइटर दीपक टिवडेवालले ठगि गरेको देखिन्छ ।
कम्पनी मुल्यमा कति पर्छ ?
बिमारीहरु पिडित भएको खबर प्राप्त भएपछि ऋब्एम् फुल्ड निर्यातकर्ता भारतको ब्याक्सटार९द्यबहतबच क्ष्लमष्ब० कम्पनीमा कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आउँन चाहेनन् । नेपालका सप्लायर्स दीपक टिवडेवालको काठमाडौंको कुलेश्वरस्थित कार्यलयमा सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आएनन् । ब्याक्सटर इण्डियाको वेभ साइटमा हेर्दा सन् २०१४ मा नेपालमा बिल हुने उक्त औषधीको मुल्य ३४ भारती रुपैयाँ देखिन्छ । छ बर्षमा स्वाभाविक बृद्धि हुने मूल्य हिसाब गर्ने हो भने डिके मेडिसेल्सलाई आजको दिनमा ५० रुपैयाँ भारतीय मुल्य भन्दा बढि पर्दैन । कर लगायत सबै हिसाब गर्दा धेरैमा १२० नेपाली रुपैयाँमा डिके मेडिसेल्सको गोदाममा भित्रिन्छ र १०० प्रतिशत मुनाफा लिएपनि नेपाल सरकारले सम्झौता गरेको ४०८ भन्दा माथि जादैन । अनि कसरी यो औषधीको मुल्य बृद्धि हुन्छ ?
को हुन दिपक टिवडेवाल ?
१०/१२ बर्ष अगाडि आफ्नी आमालाई क्यान्सर हुँदा आमाको उपचार गर्ने पैसा नभएका ब्यक्ति हुन् दिपक । आमाको उपचारका लागि सस्तो मूल्यमा औषधी खोज्दै बिभिन्न ठाउँमा भौतारिदै हिँड्ने ब्यक्ति हुन् दीपक । धेरै प्रयास गरेपनि उनले आमालाई बचाउन त सकेनन तर त्यहि सिकाईबाट आज नेपालमा सर्जिकल र मेडिसिनका ठुला ब्यापारी बन्न उनी सफल भएका छन् ।
टिवडेवालको हाल आफ्नो डिके मेडिसेल्स नामक औषधी आयत गर्ने कम्पनी छ । उनले जटिल रोगहरु क्यान्सर, मृगौला, मुटु, कलेजोको औषधीका साथै बिरामी बेहोस पार्ने लगायतका औषधीहरु सस्तोमा आयात गर्ने र चिकित्सकहरुको मिलेमत्तोमा महंगोमा बिक्रि गर्ने गर्दछन् ।
के हेरिरहेको छ सरोकारवाला निकाय र?
औषधी ब्यवस्था विभाग जस्ता निकायमा उनकै पहँुच छ । उनले दर्ता गरेको जस्तै औषधी अन्य व्यक्ति वा फर्मले दर्ता गर्न खोजे विभागले बिभिन्न वाहानमा दर्ता नै गर्न मान्दैन । उनले औषधी ब्यवस्था बिभाग, त्यहाँका अधिकारीहरु र समग्र स्वस्थ्य क्षेत्रका उच्च पदस्थ निकायहरुलाई किनेर राखेको पिडिहरु स्वयम् बताउँने गर्दछन् ।
के चिकित्सकको पनि मिलेमत्तो छ ?
वास्तबमा नेपालमा आयात हुने औषधीमध्ये डिके मेडिसेल्सले आयात गर्ने औषधी निक्कै महङ्गा छन् । किनभने उनले सबैतिर सेटिङ मिलाएर आफुले आयात गरेका औषधीहरु महङ्गोमा बिक्री गर्दछन् । नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिमा उनको ठुलो लगानी छ । कुनै पनि नाम चलेका बरिष्ठ डाक्टरलाई भेट्न उनलाई समस्या नै छैन । उनि मिठाइ बोकेर अपरेसन थिएटर भित्रै पुग्ने गरेको त्यहाँ कार्यरत कर्मचारीहरु नै बताउँछन् । उनी डाक्टरलाई होइन कि डाक्टर नै उनलाई भेट्न मरिहत्ते गर्दछन । अझ जटिल रोगका डाक्टरसँग त उनको दिनहुँ ‘ककटेल डिनर’ नै हुने गर्छ । यसवाट पनि के पुष्टि हुन्छ भने दीपक टिवडेवालको यो धन्दामा केही बरिष्ठ डाक्टर हरुको साथ छ
मृर्गौला पिडित सरोकार समाज के भन्छ र?
पेरिटोनियल डाइलाइसिस समाजका अध्यक्ष हुन् बलराम सुवेदी । सुरुमा जव डिके मेडिसेल्सले ऋब्एम् फ्लुडमा २२ रुपैया रेट वढायो त्यो बेलामा बलराम सुवेदीको नेतृत्वले आन्दोलन गर्यो । उसका कर्तुत सर्वसाधारणसम्म ल्याइ पुर्याउन डाइलाइसिस समाजले पटक पटक पत्रकार सम्मेलन गरेको थियो । पुर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायत सरोकारवाला निकायमा गुनासो पनि राख्यो । त्यति बेला डिके मेडिसेल्सका संचालक दीपक टिवडेवाल केही हच्एिका थिए ।
तर अलि पछि समाजका अध्यक्ष बलराम सुवेदी नै एकाएक परिवर्तन भए । उनले पिडत मध्येका केही सोझासिधालाई समेटेर आफुहरु बढेको २२ रुपैया आफैँ तिर्न तयार रहेको भनेर कागज बनाई दीपक टिउडेवालको ठगी धन्दाको आफु पनि हिस्सेदार बने । पिडित हरुको बुझाइमा बलराम सुवेदीलाई नै दिपकले खरिद गरेकाले आफुहरुले न्याय पाउनुको सट्टा उल्टै ठगिदै आएको अनुभूति भएको छ ।
औषधी दलालले अध्यक्षलाई नै खरिद गरेपछि...
पिडितहरु मलिन स्वरमा वताउँछन्, सुवेदीले बनाएको कागजमा धेरैको हस्ताक्षर छैन भने कतिपयको हस्ताक्षर नै नक्कली गरिएको छ ।
दिपक टिवडेवाल मेडिकल माफिया
केही वर्ष अघि नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत कर्मचारीलाई महङ्गो तर म्याद गुज्रेको औषधी दीपक टिवडेवालले बिक्रि गर्न लगाउँदा सात दोबाटो प्रहरीको छापा पछि उनी लामो समय फरार रही सोझा कर्मचारीलाई बलिको बोको बनाएका थिए । उनको यो हर्कतले गर्दा उनको फर्ममा काम गर्ने कर्मचारी भने लामो समय प्रहरी हिरासतमा बस्न बाध्ये भएका थिए ।
दीपक टिवडेवाल मेडिकल माफिया हुन् । एउटा समान्य मान्छे, जोसँग आमाको उपचार गर्ने रुपैयाँ थिएन, आज उसैसँग अर्बौंको सम्पत्ति कहाँबाट आयो र ? यो सोचनीय बिषय छ । यही सर्जिकल र मेडिसिनको इमान्दारीपूर्वक बिसौँ बर्षदेखि ब्यवसाय सञ्चालन गर्दै आएका पुराना ब्यवसायीहरुको अबस्था हेर्दा कुरा प्रस्टै बुझिन्छ । १०/१२ बर्षमै अर्बौंको कारोवार गर्न सक्ने हैसियत टिवडेवालले कसरी बनाए रु उनको सम्पत्ति छानबिन गर्नुपर्ने यही क्षेत्रमा लागेका औषधी व्यापारीहरुले आजकल प्रश्न गर्न थालेका छन् ।
प्रतिक्रिया