पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्फलाई मृत्युदण्डको सजाय
काठमाडौं, १ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई पाकिस्तानको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
लाहोर उच्च अदालतले मुशर्रफलाई देशद्रोहको सम्बन्धमा मृत्युदण्डको सजाय सुनाएको हो ।
मुशर्रफ अहिले पाकिस्तानमा छैनन्, उनी दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केही दिनअघि मुशर्रफले एक भिडियो जारी गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी गराएका थिए ।
साथै उनले जाँच आयोगलाई आफ्नो अवस्था बुझ्न दुबई नै आए हुन्छ भनेका थिए ।
संविधानको अवहेलना र गम्भीर देशद्रोहको विषयमा उनले भनेका थिए, ‘यो विषय मेरो विचारमा पूरै निराधार छ । दोशद्रोहको कुरा होइन मैले त देशको धेरै सेवा गरेको छु । हामीले देशको लागि युद्ध लड्यौँ र दश वर्षसम्म देशको सेवा गर्यौँ ।’
लाहोर उच्च अदालतको तीन सदस्यीय बेन्चको बहुमतबाट यो फैसला सुनाएको हो ।
प्रतिक्रिया