पिरो खुर्सानी खानु मृत्युको जोखिम हटाउने उपाय

पिरो खुर्सानी खानु मृत्युको जोखिम हटाउने उपाय

काठमाडौ । नियमितरूपमा पिरो खुर्सानी  खानाले मानिसमा उत्पन्न हुने मृत्युका कारणहरू हटाउन सकिने अध्ययनबाट देखिएको छ । मुटुको रोगदेखि क्यान्सरसम्मको जोखिमलाई पिरो खुर्सानीको नियमित सेवनले कम गराएको पाइएको छ । कहिल्यै खुर्सानी नखानेको तुलनामा खानेहरूको शरीरमा हुने शारीरिक गतिविधि अलि फरक र बलियो रहेको पाइएको छ ।

खुर्सानीको विषय अब विश्वभरिको विषय हो । त्यो कम्बोडिया देखि क्यालिफोर्निया होस वा बर्मिघम अल्बामादेखि बर्मिघम बेलायतसम्म चटपटे स्वादिलो खानेकुरामा खुर्सानीको चर्चा हुने गरेको छ ।प्रोफेसर लिसिया लाकोभिएलोले  खुर्सानी बारे गरेको अध्ययनका लेखकले खुर्सानीको  इतिहास र संस्कृतिबारे पनि चर्चा गरेका छन् ।

खुर्सानीमा रहेको क्याप्साइसिन नामक तत्वबारे वैज्ञानिकहरूले विषय चर्चा गर्ने गरेका छन् । क्याप्साइसिनले मुटुको गतिविधि र शरीरको नियमति गतिविधिमा सुधार ल्याउने गरेको पाइएको अध्यनबाट देखिएकोछ । क्याप्साइसिनले नशासम्बन्धी दुखाई , बाथरोग, ग्यास्ट्रोइन्स्टिनल गडबडी र क्यान्सरसँग लडन मदत गर्ने गरेको अनुसन्धानकर्ताको विश्वसनीय स्रोतले जनाउने गरेको छ । यो स्रोतको अध्ययन चीन र अमेरिकाका गरिएको अध्ययन हो । मुटुरोगबाट हुने मृत्युको जोखिमलाई पिरो खुर्सानी खानाले ३४ प्रतिशत जोखिम घटाएको पाइएको छ । यो अध्ययन खुसार्नी खाने र नखानेबीचको स्वास्थ्य अध्ययनका आधारमा गरिएको हो ।