चिनियाँ राष्ट्रपति सी मकाउको तीन दिने भ्रमणमा
काठमाडौ ।चीनलाई औपचारिकरूपमा जिम्मा लगाइएको जुवाडेहरूको केन्द्र मकाउको २०औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको तीन दिने भ्रमणमा राष्ट्रपति सी चिनफिङ पुगेका छन् । चिनियाँ सरकार विरूद्धको अमेरिकी समर्थनमा प्रदर्शन भइरहेको हङकङ नजिकै मकाउ रहेको छ । हङकङ प्रदर्शनलाई ध्यान दिएर मकाउमा सुरक्षा व्यवस्था व्यापक कडा पारिएको हो ।
पूर्व पोर्चुगलको उपनिवेशनको रूपमा रहेको मकाउमा सीले केही घोषणा गर्न सक्न अपेक्षा गरिएको छ । यसैगरी हङकङ बेलायतको उपनिवेश रहेको थियो । विगत ६ महिनादेखि हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै गएको हो । मकाउमा नयाँ नेताको छनौट भएपछि सीको यो भ्रमण भएको हो । २० डिसेम्बर १९९९मा मकाउ चीनलाई हस्तान्तरण गरिएको थियो । एक देश दुई प्रणाली अन्तर्गत मकाउ हस्तान्तरण गरिएको थियो । मकाउको अर्थतन्त्र त्यहाँका जुवाघरहरूमा आधारित रहेको छ । त्यहाँको सरकारी आम्दानीको ८० प्रतिशत जुवाघरबाट आउने गरेको छ ।
प्रतिक्रिया