एप्पल, गुगल, माइक्रोसफ्ट ,डेल र टेस्ला विरूद्ध बाल श्रम शोषणको मुद्दा

एप्पल, गुगल, माइक्रोसफ्ट ,डेल र टेस्ला विरूद्ध बाल श्रम शोषणको मुद्दा

काठमाडौ । एक अधिकारवादी संस्थाले प्रविधि क्षेत्रका ठूला कम्पनी एप्पल, गुगल, माइक्रोसफ्ट, डेल र टेस्ला विरूद्ध बाल श्रम शोषण गरेको आरोप लगाएको छ ।लोकतान्त्रिक गणतन्त्र कङ्गोको कोबाल्ट खानीमा बालबालिकाहरूको उपयोग गरी लाभ कमाएको आरोप लगाइएको छ ।
बालबालिकाहरूको प्रयोग खतरनाक अवस्थामा गरिएको भन्दै इन्टरनेशनल राइट्स एडभोकेट्सले ती कम्पनीहरू विरूद्ध सो मुद्दा लगाएको हो । 

यस सम्बन्धी विभिन्न किसिमका समाचारहरू वासिंटन पोस्ट र गार्जियन लगायतका पत्रपत्रिकाहरूमा सार्वजनिक भएका थिए । लिथियम आयन ब्याट्री बनाउन कोबोल्ट एक महत्वपूर्ण तत्व हो । हरेक इलेक्ट्रोनिक्स डिभाइसमा यो ब्याट्री चार्ज गर्न प्रयोग गरिएको हुन्छ । विश्वमा प्रयोग गरिएका कुल कोबाल्टको दुई तिहाइ जति कङ्गोबाट आउने गरेको छ ।

यो विषयमा एप्पलले टिप्पणी गर्न अस्वीकार गरेको  सीएनएनले जनाएको छ । डेलले विज्ञप्ति जारी गरी आफूले विश्वसनीय स्रोतबाट कोबाल्ट लिने गरेको जनायो । गुगलले देश भित्र र बाहिरका आपूर्तिकर्ताहरूले यस विषयमा जानकारी दिनुपर्ने बताएको हो ।
माइक्रोसफ्ट र टेस्लाले टिप्पणी गर्न अस्वीकार गरेका हुन् । अधिकारवादी समूहले बालअधिकारहरूको हनन गर्नेहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने बताएको छ ।