उदयपुरमा जीप दुर्घटना हुँदा तीनको मृत्यु
उदयपुर, ३ पुस । जिल्लाको उदयपुरगढी गाउँपालिका–३ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । ।
बिहिबार बिहान भारतको सिक्किमबाट फर्कदैँ गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको जीप दुर्घना भएको हो । उदयपुरगढी गाउँपालिकाका वडाअध्यक्ष मनोज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उदयपुरगढी गाउँपालिका–३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्माली मगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठ रहेका छन् ।
घाइतेहरुको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको र तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ ।
प्रतिक्रिया