नेकपा स्थायी किमिटीको चौथो बैठक धुम्बाराहीमा 

नेकपा स्थायी किमिटीको चौथो बैठक धुम्बाराहीमा 

काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो । बैठक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको छ । बैठकले पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिबेदनमाथि छलफल गर्नुका साथै अन्य स्थायी कमिटीका सदस्यहरुले राखेको मौखिक तथा लिखित सुझावमाथि छलफल गर्ने जनाइएको छ ।

बैठकमा अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् ।