ओलम्पिक २०२०का लागि जापानले  साढे १२अर्ब अमेरिकी डलर बढी बजेट ल्याउने

ओलम्पिक २०२०का लागि जापानले  साढे १२अर्ब अमेरिकी डलर बढी बजेट ल्याउने

काठमाडौ । जापानले ओलम्पिक २०२०का लागि १२.६ अर्ब अमेरिकी डलर बराबरको बजेट ल्याउन लागेको आयोजकहरूको अपेक्षा रहेको छ । गर्मीलाई नियन्त्रण गर्ने लगायतमा अतिरिक्त खर्च पर्ने देखिएकोले जापानले यति ठूलो रकम ओलम्पिक २०२०का लागि बिनियोजन गर्ने अपेक्षा गरिएको हो ।

ओलम्पिक आयोजनाबाट ३० अर्ब जापानी येन बराबरको आम्दानी हुने देखिएको छ । आयोजकहरूले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँग अझ यसबारे छलफल गरिरहेका छन् । आयोजकहरूका अनुसार गर्मी, पानी र सडकका पेन्टमा हुने खर्चको अनुमानबारे छलफल भएको र यस्ता विषयमा खर्च हुनेछ ।

टोकियो २०२० बजेटका विषयमा आयोजक समिति र टोकियो महानगरपालिका र राष्ट्रिय सरकारबीच अझ केही विषयमा कुरो मिल्न बाँकी रहेको छ । यो वर्षको शुरूमा लस एन्जेल्समा हुने २०२८को ओलम्पिक प्रमुखले ६.९ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गरेका थिए । यस्तै पेरिस २०२४मा हुने ओलम्पिक खेलका लागि ७.६ अर्ब अमेरिकी डलरको बजेट सार्वजनिक हुने अपेक्षा गरिएको छ ।