सभामुख चयनका लागि ओली–प्रचण्डबीच भेटवार्ता
काठमाडौं, ४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच सभामुख चयन, पार्टी स्थायी कमिटी बैठक, पार्टीका विभिन्न विभागको पूर्णतालगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएकाले सभामुख चयनका विषयमा अध्यक्षद्वयबीच छलफल भएको हो । संसद बैठक पहिले दिउँसो २ बजे नेकपाको संसदीय दलको बैठक बस्दैछ ।
सभामुख चयनमा पार्टीमा सहमति भएमा सभामुखको निर्णय हुने र अध्यक्षद्वयबीच सहमति नभएमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने जनाइएको छ । सभामुखका लागि प्रधानमन्त्री केपी ओली समूहले सुवास नेम्वाङको नाम अघि सारेका छन् भने प्रचण्ड समूहले अग्नी सापकोटालाई अघि सारेका छन् ।
प्रतिक्रिया