नेकपाको स्थायी कमिटी बैठकमा भीम रावलले पेश गरेको त्यो कविता...
काठमाडौं, ४ पुस । नेकपाको विचार, शिद्धान्त, मार्ग र राणनीति तयार गर्ने बैठक हो स्थायी कमिटी बैठक । स्थायी कमिटी बैठकले नैं पार्टीको स्थायी मार्ग निर्माण गर्ने काम गर्छ ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक केही दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले लिखित दस्तावेज पेश गरेका छन् भने उक्त दस्तावेजमाथि बिभिन्न नेताहरुले लिखित तथा मौखिक रुपमा सुझाव दिने क्रम जारी छ ।
स्थायी कमिटी सदस्य भीम रावलले बैठकमा पेश गरेको कविता यतिबेला सामाजिक सञ्जालमा 'भाइरल' बनेको छ । पछिल्लो समय पार्टीभित्रै प्रतिपक्षी नेता जस्तै भएका रावलले सरकारका काम र पार्टीको कार्यशैलीप्रति चर्को आक्रोश पोख्दै आएका छन् । नेता रावलले बिहीबार पनि स्थायी कमिटी बैठकमा विरोध जनाए।
पार्टीले थाहै नदिई राष्ट्रिय जनता पार्टीसँग गरेको सहमति र पछिल्ला विभिन्न निर्णय प्रति आक्रोश पोखेका रावलले स्थायी कमिटीमा कवितामार्फत आक्रोश पोखे।
यस्तो छ रावलको कविता :
अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्बाराहीमा एउटा अभ्यास गरिँदै थियो
एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो।
रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?
विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो।
सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन?
शीर्ष भनी कहलिने नेता हो, इमानले भन
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइ राख्न सबै छोडौं
जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौं
प्रतिक्रिया