उत्तर कोरियाबारे चीन ,जापान र दक्षिण कोरिया सहमत
काठमाडौ ।उत्तर कोरियाको समस्या समाधान गर्ने बारे चीन , जापान र दक्षिण कोरियाले पुनःसहमति जनाएका छन् । चीनमा आयोजित शिखर सम्मेलन पछि चिनियाँ प्रधानमन्त्री लि केकियाङले यस्तो जनाएका हुन् । चीनमा आयोजित सो शिखर सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानी प्रधानमन्त्री शन्जो आबे उपस्थित रहेका थिए । चीनको दक्षिण पश्चिम शहर चेङ्ग्दुमा आयोजित तीनै देशका नेताहरू बसेर गरेको छलफलका आधारमा उत्तर कोरियाको समस्या समाधान वार्ता र संवादबाट हल गर्न सहमति जनाएका हुन् ।
चिनियाँ प्रधानमन्त्रीले यस्तो जनाउन अघि दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरिया र अमेरिकाबीचको परमाणु कार्यक्रमसम्बन्धी वार्तालाई प्रोत्साहन गर्न चीन जापान र दक्षिण कोरिया सहमत रहेको र सहयोग गर्न तयार रहेको जनाएका थिए । मूनले कोरियाली प्रायःद्विपमा शान्तिको सुनिश्चितता हुनु तीनै देशको साझा स्वार्थ भएको जनाए ।
प्रतिक्रिया