समाजवादी पार्टीको सरकार छाड्ने निर्णय
काठमाडौं, ८ पुस । उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकमा यादवले संविधान संशोधनको प्रस्ताव राखेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अस्वीकार गरेपछि समाजवदी पर्टीले सरकार छाड्ने निर्णय गरेको हो ।
संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।
प्रतिक्रिया