कसैको बाउको हिन्दुस्तान मात्रै छ र ?
काठमाडौ । भारतमा सरकार विरोधी प्रदर्शन र व्यवहारहरूमा तीन दशक अघि उर्दुका भाषाका कवि राहत इन्दौरीले लेखेको गजलमा प्रयोग गरिएको शेरको पंक्ति ‘ किसी के बाप का हिन्दुस्तान थोडी है’(कसैको बाउको हिन्दुस्तान मात्रै छ र ?) नारा बन्न पुगेको छ ।
नागरिकता संशोधन कानुन र नागरिक राष्ट्रिय पञ्जिकरण विरूद्ध भइरहेका प्रदर्शनमा यस्ता नारा लाग्न थालेको छ । त्रिणमूल कांग्रेसका सांसद महुवा मोइत्राले जुनमा यो पंक्ति बोल्ने क्रममा बोलेका थिए । अभिनेता आमला पाउल र फिल्म निर्माता आशिक अबुले यो पंक्तिलाई मलायलममा अनुवाद गरी पोस्टरमा प्रस्तुत गरे । शिव सेनाका नेता सञ्जय राउतले ट्विटे । यो पंक्ति पछिल्ला केही वर्षहरूमा व्यापक प्रयोग भइआएको भारतीय अखबार इन्डियन एक्सप्रेसले जनाएको छ ।
भारतको राजधानी दिल्लीबाट सयौं माइल टाढा मध्यप्रदेशमा बस्ने उर्दु कवि राहत इन्दौरीले लेखेको गजल ‘ अगर खिलाफ हैं होने दो ’लेखेका थिए । यो गजलका लाइन अहिले प्रदशर्नकारीहरूको मुखमा झुन्डिन पुगेको हो ।
इन्दौरीले यो गजत धेरै मुशायरा( कवि सम्मेलन)मा पाठ गरेको बताएको तर पछिल्ला तीन चार वर्ष यता फेरि लोकप्रिय भएको बताए । आफूले भारतीय नागरिकको रूपमा यो गजल लेखेको बताउँदै उनले भने “ सभी का खून है शामिल यहाँ की मिट्टी मे , किसी के बाप का हिन्दुस्तान थोडी है’ सबैको रगत सामिल छ यहाँको माटोमा , कसैको बाउको हिन्दुस्तान मात्रै छ र?)
इन्दौरीले देवी अहिल्या विश्वविद्यालय इन्दौरमा वर्षौ उर्दु साहित्य पठाएका छन् । इन्दौरीले ४० भन्दा बढी भारतीय सिनेमाका लागि गीत लेखेका छन् । त्यसमा मुख्यरूपमा महेश भट्टको ‘सर’ १९९३, विधु विनोद चोपडाको ‘मिसन काश्मिर’२००० र राजकुमार हिरानीको ‘मुन्नाभाई एमबीबीएस’२००० उल्लेखनीय छन् ।
आज कसैले यो नागरिक राष्ट्रिय पञ्जिकरण र नागरिकता संशोधन मुस्लिमलाई मात्र असर पर्ने बताए पनि यो अन्यलाई पनि समस्यामा पार्ने उनले बताएको अखबारले जनाएको छ ।
प्रतिक्रिया