प्रधानमन्त्री ओली मृर्गौला डायलाइसिस गर्न मनमोहन कार्डियाकमा
काठमाडौं, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
ओलीलाई शुक्रबार दिउँसो मृर्गौला डायलाइसिस गर्नकालगि सो सेन्टरमा पुर्याइएको हो । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् । १२ वर्ष अघि ओलीको मृर्गौला प्रत्यारोपण गरिएको थियो । यसअघि उनले आधा दर्जन भन्दा बढी पटक मृर्गौला डायलाइसिस गरिसकेका छन् ।
प्रतिक्रिया