सिस्नेरी–काठमाडौं सडकखण्डमा सुमो दुर्घटना, तीनको मृत्यु

सिस्नेरी–काठमाडौं सडकखण्डमा सुमो दुर्घटना, तीनको मृत्यु

काठमाडौं, ११ पुस । रौटहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शुक्रबार साढे १२ बजे मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ ओखलडाँडाको ‘सिस्नेरी–काठमाडौं’ सडकखण्डमा सुमो दुर्घटना हुँदा अन्य छ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको उपचारका लागि काठमाडौं ल्याइएको छ। 
मृतकको सनाखत हुन बाँकी छ ।