साउदीका नेपालीहरुको समस्यामा ध्यान दिन राजदुतलाई गृहमन्त्री बादलको आग्रह
काठमाडौँ, ११ पुस । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसेद सुलेमन एमअल मरवानीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रही छलफल भएको हो । भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदुत मरवानीको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वाँस व्यक्त गरे ।
मन्त्री थापाले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको र त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदुतसँग आग्रह गरे । नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गत वर्ष तीन सय थप गरिदिएकोमा राजदुत मरवानी मार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरे ।
भेटमा राजदुतले मरवानीले रोजगारीको सिलसिलामा हाल तीन लाख भन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेस योगदान रहेको चर्चा गरे ।
साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको समेत उनको भनाई छ । नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफुले पहल गर्ने उनले बताए ।
प्रतिक्रिया