नेकपा सचिवालयको निर्णयः प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौंडा
काठमाडौं, १३ पुस । प्रदेश नं ३ को नाम वाग्मती राख्ने विषयमा सत्तारुढ नेकपाले निर्णय गरेको छ ।
यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा: ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।
राजधानी काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच निकै लामो समयसम्म कुरा मिलेको थिएन ।
प्रतिक्रिया